काठमाडौँ: नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्।
विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्।
‘१५ दिनअघि मात्रै क्वात्रा नेपालसम्बन्धी अन्तरिक छलफलमा भाग लिन दिल्ली पुगेका थिए। अहिले पनि नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जान लागेका हुन्’, स्रोतले भन्यो।
दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च सरकारी अधिकारी, नेपालका लागि पूर्व भारतीय राजदूतहरु, थिंक ट्याङकका प्रतिनिधिबीच नेपालको विषयमा छलफलमा सहभागी हुन क्वात्रा दिल्ली गएका थिए।