काठमाडौँ: साताको सुरुवातिमै सेयरबजारमा निराशा देखिएको छ । आज नेप्से परिचूचक ८ दशमलब २२ अंकले घटेर एक हजार १८८ दशमलब ०७ अंकमा कायम भएको छ ।
आइतबार नेप्से परिसूचक १४ दशमलब ०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा झरेको थियो ।
उत्पादन मूलक समुह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा ७५ दशमलब २ अंक, निर्जिबन बीमा ५९ दशमलब ७४ अंक र जलबिधुत समूह २३ दशमलब ६३ अंकले घटेका छन् ।
त्यसैगरी, बाणिज्य बैंक ५ दशमलब ४२ अंक, विकास बैंक १३ दशमलब १२ अंक र लघुवित्त ११ दशमलब ६९ अंकले झरेको छ ।
यधपी, उत्पादन समूहको परिसूचक ११ दशमलब १५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ६२८ कारोबारबाट २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरका ६ लाख ३ हजार १०२ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।