जकार्ता: १८ औं एसियाली खेलकुदअन्तर्गत आज भएको पौडीमा टिसा शाक्यले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान प्रतिस्पर्धामा शाक्यले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी छिन्।
हिट ४ मा प्रतिस्पर्धा गरेकी शाक्यले अन्तिम स्थानबाटै बाहिरिइन् । उनको यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको थियो ।
यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने रियो ओलम्पिककि कान्छी खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ ।
गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्य पदक जितेकी थिइन् उनले हिट २ मा प्रतिस्पर्धा गर्नु भएको थियो । हिट चरणममा गौरिका छैटौं स्थानमा सिमित भईन् । यस विधामा २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
गौरिकाले १२ औं सागमा २०० मिटर मिड्लेमा रजत, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् ।
तेक्वान्दोको एक जित
सोमबारै तेक्वान्दोको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालका सागर गुमाजुले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले हराउदै अन्तिम १६ आफ्नो स्थान बनाउन सफल भए । क्वाटरफाइनल पुग्नका लागि भियतनामी खेलाडीसँगको भिडन्तमा हुने क्रमा सेन्सरले काम नगरे पछि केहि समयलाई यो भिडन्त भने सारिएको छ।
महिलातर्फ आज भएको दुवै खेलमा नेपाली चेलीहरुले हार बेहोरे। महिला ५३ केजी तौल समूहमा निमा गुरुङ पराजित हुनुभएको हो र उहा लेवनानकी एओन लातितियासँग २३–१० अंकले पराजित हुनु भएको हो । त्यस्तै, संगीता बस्याल महिला ६७ केजीमुनि अन्तिम १६ मा फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसँग २०–१७ अंकले पछाडी परे ।