काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्स र एनआई सी एशिया बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनआई सी एशिया बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तीमा जनाएको छ ।
उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु एनआई सी एशिया बैंक को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने छन् ।
हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमा कोष ६ अर्व ५३ करोड, कुल प्रिमियम १२ अर्व १९ करोड रुपैयाँ छ । देशभरका १३५ स्थानवाट सेवाप्रदान गरिरहेको कम्पनीले जनाएको छ ।