काठमाडौँ: प्रोग्रेसिभ फाइनान्सको हकप्रद सेयर मंगलबारबाट बिक्रि खुला भएको छ ।
फाइनान्सले २८१ प्रतिशत (१ः२.८१ अनुपातमा) ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र भर्न पाउने कम्पनीले जनाएको छ ।
हकप्रद भर्ने अन्तिम म्याद भने असोज ८ गते तोकिएको छ ।
प्रोग्रेसिभको हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिने छ ।
प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था गरिएको छ ।
हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।