काठमाडौं: नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।
चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्। उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गर्नुभएको छ।
वाणिज्यतर्फ १५ जना चुनिएका छन्। जसमा व्यवसायी कमलेशकुमार अग्रवाल, ओमकृष्ण विमली, दीपककुमार मल्होत्रा, विजय साह, मनोजकुमार केडिया रहेका छन्।
यसैगरी पंकज जलान, निलकण्ठ चौलागाइँ, दीर्घमान श्रेष्ठ, सन्तोषकुमार पाण्डे, महादेव पोखरेल, नवराज ढकाल, भाईचन्द्र श्रेष्ठ, राष्ट्रभूषण चाकुबजी, दीपक श्रेष्ठ, राजु श्रेष्ठ, भीमलाल पौड्याल, दीपककाजी तुलाधर, सतीशकुमार अग्रवाल, सुरेन्द्रकुमार सारडा, रोशन भोयद्यो, निरज राई, नन्दकुमारी लम्साल, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, सुगन्धकुमार गुप्ता, अशोककुमार अग्रवाल, सुशील पाण्डेय, कैलाशचन्द्र गोयल, तुफान खड्का र कृष्णमान श्रेष्ठ रहेका छन्।
यसैगरी उद्योगतर्फ ९ जना चुनिएका छन्। जसमा राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, समितकुमार अग्रवाल, सुवासचन्द्र संघाई रहेका छन् । यस्तै अन्य सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर छन्।
यसैगरी वस्तुगत संघतर्फ पनि ९ जना चुनिएका छन्। जसमा अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजयकुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य र किरणकुमार डंगोल छन्।
यस्तै आबद्धतर्फ ३ जना चुनिएका छन्। जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल छन्। यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपकर कुँवर र त्रिभुवनधर तुलाधर छन्।