काठमाडौँ: जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बैशाख १३ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरेको छ ।
कार्यालयका केही कर्मचारीम कोरोना संक्रमण फैलिएकाले होम आइसोलेसमा रहनुपर्ने तथा उनीहरुका निकट रहेका कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवाग्राहीलाई समेत संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै बैशाख २० गते सोमबारसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय लिइएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा सम्बन्धी निवेदन र मुद्दा तथा अत्यावश्यक सिफारिस भने सूचारु हुने जनाइएको छ ।
जिप्रकाबाट प्रदान गरिँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदनी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नवीकरण तथा पत्रपत्रिका दर्ता लगायतका सेवाहरु भने बन्द हुनेछन् ।