काठमाडौँ: नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयरहरु निष्काशन गर्नको लागि आरवीवी मर्चेण्ट बैंकिङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरवीवी मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भण्डारीले हस्ताक्षर गरे ।
नेपाल पुनर्बीमा कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरको एक करोड साठी लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको छ ।
यस नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व रुपैयाँ, जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
पुनर्बीमा कम्पनीले स्थापनाको छोटो अवधिमै स्वदेशका जिवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरु संग कारोवार गरि आ.ब.२०७४/७५ अन्त्य सम्म कुल ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गर्न सफल भएको कम्पनिद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी आ.ब.२०७३/७४ मा ६० करोड ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको र जगेडा कोषमा १ अर्व ८५ करोड रहेको थियो भने आ.ब.२०७४÷७५ को चौथो त्रैमासिक अवधि सम्ममा अनुमानित १ अर्ब ४० करोड रुपैयाँ खुद मुुनाफा हासिल गर्न सफल भएको छ ।