काठमाडौँ:
नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमस)को प्रमुखमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार शर्मा सिसिएमसीमा नयां सदस्यका रुपमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए । शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न वनेको विशेष समितिको संयोजक समेत भएर काम गरिसकेका थिए ।
Facebook Comments Box