काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि आजको बहस सकिएको हो । बाँकी मुद्दामा आइतबारबाट बहस सुरु हुनेछ ।
प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो ।
सुनुवाइका क्रममा पहिलो दिन संवैधानिक इजलासले रिट निवेदकको बहस सुनेको थियो ।
निवेदकमध्येका सन्तोष भण्डारीले पहिलो बहस गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने बताएका थिए ।