म्युनिख: म्याट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले युरो- २०२० मा जर्मनीलाई १–० ले हराएको छ । हुमेल्सले २० औं मिनेटमा बललाई आफ्नै पोस्टमा प्रहार गरे र यो नै निर्णायक गोल रह्यो ।
दुई युरोपेली महाशक्तिबीचको खेलमा जितका लागि फ्रान्स भने पूर्णत: हकदार रह्यो । दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।
Facebook Comments Box