काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले शनिबार बिहानै काठमाडौँको खसीबजारबाट बाख्राको मासुलाई खसीको मासु भन्दै बेच्ने चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आज बिहान ५ बजेको गरिएको उक्त अपरेसनमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्वर १४ कलंकी खसीबजार स्थितमा भारत बिहार बहराइज घर भई ऐ. खसीबजार स्थितमा जिऊदो खसीबेच्ने प्रयोजनार्थ राखेको खसी पसलमा खसीको मासुसंगै बाख्री पनि काटी बाख्रीको मासु (बाख्री भनी पहिचान खुल्ने अङ्गहरु लुकाई) खसिको मासुमा मिसाई खसीकै मासु हो भनी बेच्ने गरेको भन्ने विषेष सुचनाको आधारमा ऊक्त पसलमा कालिमाटीको प्रहरी टोलि खटिगई हेर्दा विक्रि वितरण गर्नको लागी राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी बाख्रीको मासु ( पहिचान खुल्ने अङ्गहरु लुकाईएको) समेत बरामद गरिएको साथै ऊक्त पसल संन्चालक र पसलमा काम गर्ने निम्न ४ जना मानिसहरुलाई समेत नियन्त्रणमा लिईएको र अन्य अनुशन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा
१) पसल सन्चालक भारत बिहार बाहराइज घर भई का. जि. खसीबजार बस्ने वर्ष ६७ को गुलाम रसोल क्रोसिल
२) ऐ. घर भई ऐ. बस्ने वर्ष २५ को जविर क्रोसिल
३) ऐ. घर भई ऐ. बस्ने वर्ष २१ को जाविर क्रोसिल
४) ऐ.ऐ घर भई बस्ने वर्ष ५० को मटान पुरेसी