काठमाडौँ: पूँजी बजारमा आज पुन गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) ४ दशमलब ७९ अंकले घटेर एक हजार १७२ दशमलब ३० अंकमा झरेको छ ।
आइतबार नेप्से २ दशमलब ७८ अंकले घटेको थियो मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो ।
आजको कारोबारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३८ दशमलब १८ अंक, निर्जिबन बीमा २८ दशमलब ४ अंक र उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ०६ अंकले घटेका छन् ।
त्यसैगरी, लघुवित्त ९ दशमलब ६३ अंक, विकास बैंक ७ दशमलब ९७ अंक, बाणिज्य बैंक २ दशमलब ४८ अंकले घटेको ikछ ।
नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार २७४ कारोबारबाट १९ करोड २१ लाख ५६ हजार ३२६ रुपैयाँ बराबरका ६ लाख ४ हजार ४३८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।