काठमाडौँ: गयराती भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग अन्तिम समाको ८ मिनेट सम्हालिन नसक्दा १-० गोलले पराजित भएको छ ।
भारतले दोश्रो हाफको ८२ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले डिएरिया बाहिरबाट आएको पासले सुन्दर सदुपयोग गर्दै बललाई गोलको दिशा दिएका हुन् ।
नेपालका लागि किरण कुमार लिम्बुको उत्कृष्ठ बचाउ हुँदा हुँदै पनि अन्तिम समयमा गोल खान पुगेको हो । नेपालको लागि रक्षा पंक्ति खम्बा सरह साबित हुँदा भारत लाई जित्ने पर्ने खेलमा जितका लागि अन्तिम समय उनको कप्तानले राहत दिलाएका हुन् ।
नेपालले पाएका थोरै मात्रै मौकाहरुसमेत आक्रामक र हेर्न लाएका थिए।
यस संगै नेपालले नतिजा भारतलाई सुम्पिए पछि अब नेपालले अर्को खेल जित निकाल्न सकेमात्रै फाइनल पुग्ने छ।
एक मात्रै जित निकालेको भारतले भने अझै अरुको खेलको नतिजामा भर पर्नु पर्ने भएको छ।