काठमाडौँ: जारी साफ च्याम्पियनशिप फुटबलमा नेपालले इतिहाँस रच्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले अन्तिम मिनेटमा पेनाल्टी मार्फत बंगलादेशसँग १-१ गोलको बराबरी गरेसंगै अंक तालिका अनुसार फाइनल पुगेको हो।
खेलको ८७ औं मिनेटमा अन्जन बिस्टलाई डिबक्समा लड़ाएपछी पाएको पेनाल्टीमा उनैले गोल गर्दै नेपालले फाइनलको यात्रा तयार गरेको हो। अब आजै राति हुने आयोजक माल्द्भिस र भारतबीचको विजेताले नेपालसँग फाइनलमा भिड्ने छ।
Facebook Comments Box