काठमाडौँ: खड्का–वाङ टेलिफोन वार्ता, चीनले थप २० लाख डोज खोप अनुदान दिने
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टेलिफोन कुराकानी भएको पुष्टि गरिन्।
लम्सालका अनुसार विदेशमन्त्री वाङले थप २० लाख डोज खोप चीनले नेपाललाई अनुदान दिने जानकारी मन्त्री खडकालाई गराएका छन्।
Facebook Comments Box