काठमाडौं: विवादमा तानिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोसैले सडकबाट माग्दैमा राजीनामा नदिने धारणा राखेका छन् ।
फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
बैठकमा आफ्नो कुरा राख्दै जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका हुन्।
‘विवादमा अरु पनि होलान, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले अडान लिए।
उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।
भेटपछि अहिले जबरालाई भेटेका न्यायाधीशहरु फेरी आन्तरिक छलफलमै जुटेका छन् ।