काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव पेश गरेको ।
निर्वाचन समितिको आज बसेको बैठकले स्थगित वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने र प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने गरी प्रस्ताव पेश गरेको जनाइएको छ
यस्तै, केन्द्रीय महाधिवेशन भने मङ्सिर २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको समितिका संयोजक महादेवप्रसाद यादव जानकारी दिए ।
यादवका अनुसार पार्टी नेतृत्वलाई प्रस्ताव गरिएको हो र सोहि अनुरुप नै निर्णय हुन्छ होला । कार्यतालिका पारित भएमा सोहि अनुसार सूचनाहरु प्रकाशित हुनेछन, उनले भने ।
Facebook Comments Box