काठमाडौँ:
आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।
बिहीबार दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो।
आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ।
Facebook Comments Box
