काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् ।
बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसद्मा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न दूतावासका मिलिटरी एट्याची रत्न गोदार र समाजसेवी व्यवसायी रविजंग लामिछाने पनि विमानस्थल पुगेका थिए ।
Facebook Comments Box