काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नआत्तिन आग्रह गरेको बताएका छन्।
बेलायत भ्रमण सकेर आज बिहीबार बिहान काठमाडौं आइपुगेका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले त्यहाँ भएकाे भेटमा एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुलाई आफूले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको बताएको जानकारी दिएका हुन्।
यसअघि एमसीसी मुख्यालयले नेपाललाई पत्र पठाउँदै एमसीसी सम्झौता अनुमोदन नगर्दै संसद् अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको थियो भने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनका क्रममा एमसीसीकी डेपुटी सीईओ लतोर्तुले बेलायतमै प्रधानमन्त्री देउवालाई भेटेर त्यही विषयमा चासाे राखेकी थिइन्।
जवाफमा आफूले सत्ता साझेदार दलसँग संसदबाट एमसीसी पास गर्नेबारे सल्लाह गर्ने बताएको जानकारी देउवाले दिए।
ad
पत्रकारकाे जिज्ञासमा देउवाले भने, ‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छाैं, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु।’