काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा अहिले ९:१५ बजे भारतको औपचारिक ४ दिने भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।
सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोष बल्लभ पौड्यालका अनुसार महारथी शर्मालाई प्रस्थान पूर्व जंगी अड्डमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
उनी भ्रमण सकेर नोभेम्बर १२ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ। त्यहाँ रहंदा उनलाई भारतीय रास्ट्रपति राम नाथ कोभिंदले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको फुली लगाइदिने छन्।
शर्मा ९ सदस्यीय टोलि लिएर सेनाकै विमान मार्फत भारत गएका हुन् ।

Facebook Comments Box