काठमाडौँ:
भारतका सडक पारवहन मन्त्री एवं भारतीय जनता पार्टीका नेता नितिन गडकरी नेपाल आउने भएका छन् । मन्त्री गडकरी पतञ्जली योगपीठ नेपालद्वारा सञ्चालन हुने आस्था नेपाल र पतञ्जली नेपाल नामक धार्मिक च्यानलको शुभारम्भ कार्यक्रममा आउन लागेका हुन् । गडकरी भाजपाका पूर्व अध्यक्ष हुन् ।
सो कार्यक्रममा पतञ्जली योगपीठका स्वामी रामदेव र आचार्य बालकृष्ण पनि आउने बताइएको छ । मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने सो कार्यक्रममा पतञ्जली आश्रमको समेत उद्घाटन गर्ने कार्यक्रममा रहेको छ ।
Facebook Comments Box
