काठमाडौं : महिन्द्राले मंगलबार नयाँ मोडेलका म्याक्सिमो एचडी सिरिजका गाडीहरु बजारमा ल्याएको छ ।
यस गाडी दुगड ब्रदर्श एण्ड सन्सको आधिकारिक डिलरहरुमा उपलब्ध हुनेछन । महिन्द्रा एण्ड महिन्द्रा प्रा.लिले नयाँ मोडेलको म्याक्सिमो हेभी ड्युटी सिरिजका यी गाडीहरु दुगड ब्रदर्श एण्ड सन्सको साझेदारीमा सार्वजनिक गरिएको हो ।
थुप्रै नयाँ सुधार र फिचरका साथ सार्वजनिक गरिएको यस गाडीलाई कम्पनीले ‘प्रोफिट ट्रक’को रुपमा बुझ्न आफ्ना ग्राहकहरुलाई भनेको छ ।
आठ पत्ता सस्पेन्सन र ८५० केजी भारबहन गर्न सक्ने क्षमता तथा २६ एचपिको इन्जिन पावर रहेको र लामो दुरीमा यसलाई गुडाउन मिल्ने भएकोले अनि ग्राहकलाई आफ्नो व्यवसायबाट बढी आर्जन गर्न सक्ने बनाउने भएकोले यसलाई प्रोफिट ट्रकका रुपमा बुझ्नु आग्रह गरिएको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड नेपाल कन्ट्रि हेड चैतन्य कगल्कारले कार्यक्रममा बताए ।

‘हाम्रो मुख्य लक्ष्य भनेकै हाम्रा ग्राहकहरुको आयआर्जन क्षमतालाई मजबुत पार्नु हो’, उनले भने ।
यस्तै कार्यक्रममा बोल्दै दुगड ब्रदर्श एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले भने, ‘विभिन्न उत्पादन संग विगत २६ वर्षदेखि महिन्द्रासंग आबद्ध हुन पाउँदा हामी गौरव गर्दछौ । हाम्रा मुख्य शक्ति र तागत भनेका हाम्रा ग्राहकहरु नै हुन, हामी उनीहरुको त्यो चाहना पुरा गर्न र सर्वोत्तम मुल्य प्रस्ताव गर्न प्रतिबद्ध छौं । ’
नेपालमा महिन्द्राको हाल देशभर ३१ वटा शाखा कार्यालयहरु रहेका छन । आज सार्वजनिक गरिएको नयाँ मोडेलका गाडी, कार्यक्रम स्थलमै ५१ वटा बुकिङ भएका थिए ।