काठमाडौं: प्रहरीले राजधानीको स्वयम्भु मन्दिर पश्चिम भागमा रहेको पार्किङ लटमा रहेको निजी कारबाट शव फेला पारेको छ।
स्वयम्भु मन्दिर जाने र सरस्वतीको थान जाने बाटोमा रहेको पर्किङ लटमा राखिएको गाडीभित्र शव फेला परेको स्वयम्भु प्रहरी वृतका रहरी निरीक्षक कमल शाहले पहिलोक्लिकलाई जानकारी दिए ।
मृतक नैकाप काठमाडौँ बस्ने वर्ष ३२ को श्याम श्रेष्ठ रहेका छन् । शव दुई-तीन दिन कारभित्र रहेको, गाडीको चावी र अन्य चिजबस्तु सबैभित्र लक गरिराखेको अवस्थामा शव भेटिएको शाहले बताए ।
प्रहरीका अनुसार बा. ८ च ७०२१ नम्बरको मारुती स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको छ ।
भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटना के कसरी घट्यो र किन कसैले तीन देखि केहि देखेन यसवारे अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।