काठमाडौँ: साताको अन्तिम दिन आज पूँजी बजारमा गिरावट आएको छ । निरन्तर चार दिनदेखि बढेको शेयर बजार परिसूचक (नेप्से) बिहिबार घटेर बजार बन्द भएको हो ।
आज नेप्से ४ दशमलब ३६ घटेर एक हजार २२९ दशमलब ७७ अंकमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले, मंगलबार ३ दशमलब दशमलब ९८ अंकले र बुधबार २३ दशमलब ८९ अंकले बढेको थियो ।
सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक ८४ दशमलब ०७ अंकले घटेको छ । त्यसैगरी, लघुवित्त १५ दशमलब ०८ अंक, जलबिधुत १५ दशमलब ९६ अंक, विकास बैंक १५ दशमलब ०९ अंक, बाणिज्य बैंक ५ दशमलब ०९ अंक, होटल ४ दशमलब ९४ अंक र बित्त ३ दशमलब २२ अंक र जीबन बीमा ३८ दशमलब ८२ अंकले घटेको छ ।
यधपी, उत्पादन मूलक समूहको परिसूचक २० दशमलब ४१ अंक, ब्यापार ३ दशमलब ७६ अंक र अन्य १४ दशमलब ०५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ८ हजार ५८५ कारोबारबाट ७९ करोड ३३ लाख ८६ हजार ३६८ रुपैयाँ बराबरका ३२ लाख २८ हजार ५६९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
बुधबार नेप्सेमा १६७ कम्पनीहरुको ७ हजार ८५३ कारोबारबाट ७० करोड ८१ लाख ५० हजार ५६८ रुपैयाँ बराबरका २३ लाख ७२ हजार ३६३ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।