काठमाडौं: काठमाडौँ प्रहरी परिसरले विहिबार स्वयम्भु र नागार्जुन नगरपालिकास्थित रानीबन इलाकामा निर्माण सामग्री तथा ठेक्का पट्टामा आफ्नो दरो पकड बनाइराखेका सुक बहादुर तामाङ अर्थात बाघे लामालाई पक्राउ गरेको छ ।
उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले बताएको हो । उनी पटक पटक सोहि मुद्दामा पक्राउ पर्ने र आरोप प्रमाणित हुन नसक्दा पुनः रिहा हुने गरेका छन् । बाघे लामा बिशेष गारी आफ्नो निर्माण सामग्रीको ठुलो कारोबार गर्दै आइरहेका छन् भने उनको सामान अधिकांश स्वयम्भु र रानीबन इलाकामा बिक्ने पर्ने गरी सिन्डिकेटजस्तै धन्दा चलाउने गरेको स्थानीयको आरोप छ ।
पहिले आफ्नो निर्माण सामग्री जसरी पनि बिकाउने अनि पैसाको लागि पटक पटक धाकधम्कि दिने गरेको पनि स्थानिएको आरोप छ ।
तर एक थरी स्थानीय हाल उनी आफ्नो व्यवसाय तथा पुरानो धन्दा छाडेर सामाजिक कार्यमा बढी सक्रिय भएको पनि बताउँछन् ।