ढांका: बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीबर्षमानपुनबङगलादेश भ्रमणमा रहेका बेलाबङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो ।
बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुलीआयातगर्ने उल्लेख छ ।
ढांकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमाबोल्दै बङगलादेशकीप्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुलीआयातगर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुपमापाउने दाबीगर्नुभयो । उहाले भन्नुभयो ‘नेपाल र भुटानबाट विजुलीआयातगर्ने हाम्रो कोशिस जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गतमहिनाएमओयुमाहस्ताक्षर गरिसकेका छौ।’उहाले बङगलादेश,भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमाहस्ताक्षर हुने जानकारी समेत दिनुभयो ।
नेपाल र बङगलादेशबीचगत १० अगस्टमाइनर्जी कोअपरेशनसम्बन्धी समझदारीपत्रमाहस्ताक्षर भएको थियो । नेपालकाउर्जामन्त्रीबर्षमानपुन र बङगलादेशकाउर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमाहस्ताक्षर गर्नुभएको थियो ।
उर्जामन्त्रीपुनले नेपालमाउत्पादितविजुलीको लागीबजारको समस्यानपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानीगर्न आग्रहगर्दै आउनुभएको छ ।
उर्जामन्त्रीपुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युतउत्पादनगर्ने सरकारको योजनारहकोे भन्दै आफुहरु बङगलादेशमाविद्यूतनिर्यात गर्न तयार रहेको धारणा राख्नुभयो ।‘हामी १० बर्षमा १५ हजार विजुलीउत्पादनगरिसक्छौ,त्यसमा ५ हजार विजुलीबङगलादेशलाई बेच्नहामीलाई समस्याहुंदैन् ।’मन्त्रीपुनले भन्नुभयो ।
बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढांका पुग्नुभएकामन्त्रीपुनले उर्जा र जलविद्युत क्षेत्रमागर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्दै हुनुहुन्छ । उहाले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।