काठमाडौँ: गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
गणपति माइक्रोफाइनान्सले १०० रुपैयाँ अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ , जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।
दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १०,४२८ विपन्न वर्गका समूहहरुलाई ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन १३ करोड २६ लाख रुपैयाँ रहेको छ ।