काठमाडौँ: बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामान गर्ने भएको छ ।
हिजो भएको माल्दिभ्स र श्रीलंकाबीच भएको समूह ‘बी’ को खेल बराबरीमा सकिएपछि सेमिफाइनलमा जानेको टोलिको छिनोफानो टस गरेर भाग्यको आधारमा निर्णय गर्दा माल्दिभ्सको भाग्यले साथ दियो र नेपालसंगको भेट तय भएको हो ।
यस्तो दोश्रो सेमिफाइनल खेल भने भारत र पाकिस्तानबीच हुनेछ।
नेपालका लागि माल्दिभ्स पुरानो प्रतिद्वन्दी हो। सुरुवाती वर्षमा नेपालले माल्दिभ्सलाई सजिलै हराउने गरे पनि पछिल्लो समय भने माल्दिभ्स नेपालमाथि हावी छ। साफ च्याम्पियनसिपको इतिहाँसमा नेपालले अहिलसम्म माल्दिभ्सबिरुद्ध ६ पल्ट खेलेको मा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। त्यसमध्ये नेपाल ४ खेलमा पराजित छ भने दुई खेल बराबरीमा टुंगिएको छ । पछिल्लो दुई खेल बराबरीमा टुंगिएको छ।