काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ ।
इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ । ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । यसरी असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ ।
Trending
- रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
- राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद र सहकारीसम्बन्धी अध्यादेश जारी
- निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ
- उद्यमी पक्राउप्रति निजी क्षेत्रको आपत्ति, ‘पहिले सुन, पछि कारबाही’ सिद्धान्त अपनाउन माग
- ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार, १० वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५०० सय किलोवाट आवर पुर्याउने लक्ष्य
- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छा पक्राउ
- अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन