काठमाडौँ: पूँजी बजारमा आज मंगलबार सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ६ दशमलब ७७ अंकले बढेर एक हजार २१७ दशमलब ६५ अंकमा पुगेको छ ।
आजको कारोबारमा निर्जीवन बीमा र बित्त समूह बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ ।
सबैभन्दा बढी होटल समूहको परिसूचक ४९ दशमलब ४८ अंकले र उत्पादन मूलक समूहको परिसूचक २४ दशमलब ७ अंकले बढेको छ ।
त्यसैगरी, लघुवित्त ११ दशमलब ८ अंक, जलबिधुत २ दशमलब ८५ अंक, विकास बैंक १५ दशमलब ६४ अंक, बाणिज्य बैंक ७ दशमलब २३ अंक र अन्य ३ दशमलब ७२ अंकले बढेको छ ।
यधपी, निर्जीवन बीमा समूहको परिसूचक ६५ दशमलब २८ अंक र बित्त शुन्य दशमलब २६ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ९७ कारोबारबाट ३३ करोड ३२ हजार ७६३ रुपैयाँ बराबरका १० लाख ९७ हजार ९११ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।