काठमाडौँ: संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले अर्थतन्त्रको विकासमा अग्रस्थानमा रहेर कार्य गरीरहेको निजी क्षेत्रलाई उद्यमशीलता विकास र रोजगारी सृजनास“ग सूचना प्रविधिलाई जोडेर लैजाने कार्यमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्धारा आज महासंघ सचिवालयमा आइसीटी क्षेत्रमा रोजगारी सृजना विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रिय उत्पादकत्व प्रवद्र्धनमा कसरी सूचना प्रविधिलाई जोडन सकिन्छ यसमा महासंघ जस्ता व्यवसायिक संस्थाको सहयोग सरकारले खोजेको स्पष्ट पारे ।
सूचना प्रविधिका क्षेत्रमा बाह्य मुलुकले अवलम्वन गरेको मोडल यहाँ लागू गर्नुभन्दा पनि सरकारले मुलुककै माटो सुहाउदो मोडल कार्यान्वयनमा ल्याउने समेत उनले बताए ।
मन्त्री बास्कोटाले शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, उद्योग लगायतका महत्वपूर्ण क्षेत्रको विकासमा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने सोंच सरकारले बनाएको समेत स्पष्ट पारे । साथै उनले अहिलेको नया“ पुस्तासम्म सूचना प्रविधि पहु“चलाई सहज बनाउने तर्फ सरकार क्रियाशिल रहेको र यसलाई विद्यालय तहदेखिनै जोड्ने योजना सरकारको रहेको जानकारी गराए ।
महासंघका अध्यक्ष भवानी राणाले देश संघीय संरचना अनुसार अगाडी बढी सकेकाले संघीयतालाई दीगो बनाई संघीयताबाट आम नेपाली जनतालाई लाभान्वीत गराउन शुसासन र जवाफदेहीतामा आधारित अर्थतन्त्रको विकास हुनु पर्नेमा जोड दिईन ।
उनले कृषि, पर्यटन र पूर्वाधार जस्ता महत्वपूर्ण क्षेत्रनै परिवर्तनका आधार हुन सक्ने भन्दै आर्थिक विकास र मुलुकभित्र सुशासनको प्रत्याभुति दिलाउन सूचना तथा संचार प्रविधि महत्वपूर्ण पाटो भएको कुरालाई हामीले भुल्न नहुने बताईंन ।
साथै सूचना प्रविधि र सूचना प्रविधिमा आधारित सेवाहरू लगायत अन्य उद्योग एवं सेवा जन्य व्यवसायको वृद्धिद्वारा बृहत्तर राष्ट्रिय लक्ष्यहरू हासिल गर्नमा समेत यो प्रविधि सहायक हुने देखिएको धारणा राख्दै अध्यक्ष राणाले सुशासनको आभास र मापन सार्वजनिक सेवामा नविनतम प्रविधिको प्रयोग मार्फत प्रभावकारी सेवा विस्तार र लागत कटौतीले गर्ने बताइन ।
सूचना प्रविधि मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सृजनामा सरकारस“ग सहकार्य गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष राणाले बताइन ।
कार्यपत्र प्रस्तुत गर्दै स्टाफ कलेजका निर्देशक सुवर्ण कुमार सिंहले राष्टिय विकासमा सूचना तथा संचार प्रविधिको भूमिकालाई परिभाषित गरिनु पर्ने, राष्ट्रिय भिजन तयार गर्नुपर्ने, यस सम्बन्धमा अन्तर छलफल र अन्तरक्रियालाई नियमित रुपमा अगाढी बढाउनु पर्ने, सूचना तथा संचार प्रविधिको अभ्यासलाई व्यक्ति, व्यवसायिक र व्यापारिक रुपमा समेत बढाउनु पर्नेमा जोड दिए ।
