एजेन्सी: बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग शनिबार एक बिशेष समारोह पारेर इन्गेजमेन्ट गरेकी छिन्।
इगेजमेन्टका लागि निकका बाबुआमा भारत नै आएका थिए ।
इन्गेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको विभिन्ना समाचार स्रोतले जनाएको छ ।
पार्टीमा थुप्रै बलिउड सेलिबि्रटीहरुलाई निम्तो थियो । तर, केही सेलिबि्रटी मात्र उपस्थित भएन । प्रियंकाका पूर्व प्रेमी मानिएका शाहरुख खान पार्टीमा आएनन् । यसैगरी अमिताभ बच्चन, आमिर खान र सलमान खान पनि आएनन् । सलमानकी बहिनी अर्पिता आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् । नायिका आलिया भट्ट पनि पुगेकी थिइन् ।
प्रियंकाकी सहोदर बहिनी परिणिती चोपडा पनि पार्टीमा सहभागी थिइन्।
३६ वषिर्या प्रियंकाले आफूभन्दा ११ वर्ष कान्छा निकसँग ईंगेजमेन्ट गरेकी हुन् । उनीहरु केही समयदेखि प्रेममा रहे पनि सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन् । ईंगेजमेन्टको केही घन्टा अगाडि मात्र उनीहरु दुवैले संयुक्त तस्वीर पोष्ट गरेर आफूहरुको सम्वन्धको औपचारिक घोषणा गरेका थिए ।