काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टतिेलमा २/२ रुपैयाँले मूल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ र डिजेल र मट्टतिेल प्रति लिटर ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलरले बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने निगमले मूल्य बढाएको छैन्।
नयाँ मूल्यसूचि सोमबार राति १२ बजेबाट लागू हुनेछ। आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूचि अनुसार मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा भएपनि डिजेल र मट्टीतेलतमा भने ७० पैसा घाटा छ ।
निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने निगमले जनाएको छ ।