काठमाडौँ: पूँजी बजारमा आज दोहोरो अंकको सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०६ अंकले बढेर एक हजार २३० दशमलब ७१ अंकमा पुगेको छ ।
मंगलबार नेप्से ६ दशमलब ७७ अंकले बढेको थियो ।
होटल, बित्त र उत्पादन मूलक समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्से दोहोरो अंकले बढेको हो । नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ११३ दशमलब ५२ अंकले छ बढेको छ।
त्यसैगरी, लघुवित्त १५ दशमलब ८८ अंक, विकास बैंक १४ दशमलब ८४ अंक, बाणिज्य बैंक १३ दशमलब ९८ अंक र जलबिधुत ४ दशमलब ८१ अंकले बढेको छ ।
अन्य समूहको परिसूचकमा ७ दशमलब १९ अंक र जीवन बीमा समूहको परिसूचक ३ दशमलब ९८ अंकको सुधार आएको छ ।
यधपी, होटल समूहको परिसूचक १ दशमलब ४१ अंक, बित्त २ दशमलब २३ अंक र उत्पादन मूलक समूहको परिसूचक २ दशमलब ६८ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार १७७ कारोबारबाट ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँ बराबरका १० लाख ९३ हजार ६४९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
मंगलाब्र नेप्सेमा १६७ कम्पनीहरुको ४ हजार ९७ कारोबारबाट ३३ करोड ३२ हजार ७६३ रुपैयाँ बराबरका १० लाख ९७ हजार ९११ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।