काठमाडौं: टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो ।
युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ ।
यसको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएसका एसिया क्षेत्रीय ब्यापार प्रमुख एस अरुण कुमारले भने, ‘टिभिएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ उत्पादन गर्ने गरेको छ जुन ग्राहकका लागी अनिवार्य रहेका हुन्छन् । हामीले टिभिएस एनर्टक निकै आर्कषक तथा फिचरको धनि स्कुटरको रुपमा नेपाली युवामाझ ल्याएका छौ । यसले नेपाली उपभोक्तको मन जित्ने छ । यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर हो ।’
टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६।७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९।४ पिएस र ५५०० आरपीएममा १०।५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।