काठमाडौँ:
नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन्।
नेपाली टोलीले डीएल मेथोडका आधारमा यूएईलाई ९ रनले हराउँदे जिम्बाब्वेको यात्रा तय गरेपछि दुवैले बधाई दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित खेल मैदानमा आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तरगतको खेलमा नेपाल विजयी भएकोमा बधाई दिएका हुन्। उनले खेलाडीहरुलाई बधाई पनि दिएका छन्।
नेपालले पनि एकदिवसीय विश्वकप छनौट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा पौडेलले खुशी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। त्यसैगरी राम्रो खेल प्रर्दशन गरेकोमा यूएईको क्रिकेट टोलीको पनि उनले प्रशंसा गरेका छन्।
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि खुसी व्यक्त गरेका छन्।
