काठमाडौँ: सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको ती मन्त्रीले जानकारी दिए । चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
Facebook Comments Box
