काठमाडौँ: काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आफ्नो महानगरका कुनै पनि कर्मचारीले घुस मागेको प्रमाण वा सूचना भएको त्यसको प्रमाणसहित मेयरको निजी नम्बरमा पठाउन अनुरोध गरेको छ ।
सोमबार सामाजिक संजाल मार्फत एक पोस्ट गर्दै उनले लेखेका छन्, महानगर पालिकामा कुनै पनि कर्मचारीले पैसा मागेको कुनै प्रमाण वा सूचना भए त्यसको सप्रमाण आफ्नो मोबाइल नम्बर (९८६३५९२०११) मा सिधा सम्पर्क राख्न र सूचना दिनेको नाम गोप्य रहनेसमेत उनले बताएका छन् ।

Facebook Comments Box
