काठमाडौँ: सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु भएको छ।
कमलामाई नगरपालिका–६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा गएराति लिचीको दाना अड्किएर मृत्यु भएको हो।
लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बालकको मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको बताए।
यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोसी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
Facebook Comments Box
