काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न विधेयक,२०८० पारित गर्ने कार्यसूची छ।
बैठकको सुरूवातमा मउक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुनेछ।
त्यसपछि कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्नेछन्। विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
आजकै बैठकमा शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
