काठमाडौँ: साताको शेयर कारोबारको दोश्रो दिन सोमबार पूँजी बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) शुन्य दशमलब १३ अंकले घटेर एक हजार २५६ दशमलब ४० अंकमा पुगेर बजार बन्द भएको छ ।
आजको कारोबारमा बाणिज्य बैंक समूहको परिसूचक ७ दशमलब ०२ अंक, होटल १८ दशमलब ८४ अंक, जलबिधुत १० दशमलब २८ अंक, विकास बैंक ५ दशमलब १५ अंक, बित्त २ दशमलब ४४ अंक र अन्य समूहको परिसूचक २ दशमलब ४८ अंकले घटेको छ ।
यधपी, निर्जीवन बीमा समूहको परिसूचक २०३ दशमलब ४६ अंक, जीवन बीमा ११९ दशमलब ७३ अंक, उत्पादन २४ दशमलब ५१ अंक र लघुवित्त ५ दशमलब ६३ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ६ हजार ९४१ कारोबारबाट ६८ करोड ७६ लाख ८८ हजार ६५३ रुपैयाँ बराबरका २४ लाख २५ हजार ३०३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।