काठमाडौँ: उतारचढावकाबीच मंगलबार पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ४१ अंकले बढेर एक हजार २५८ दशमलब ८१ अंकमा पुगेर बजार बन्द भएको छ ।
सोमबार नेप्से शुन्य दशमलब १३ अंकले घटेको थियो ।
आजको कारोबारमा बाणिज्य बैंक, होटल र बित्त समूहको परिसूचक बाहेक सबै समुहको परिसूचकमा वृद्धि भएको छ ।
निर्जीवन बीमा समूहको परिसूचक ७३ दशमलब ९५ अंक, जलबिधुत ४२ दशमलब १२ अंक र जीवन बीमा १९ दशमलब ६१ अंकले बढेको छ ।
त्यसैगरी, लघुवित्त ९ दशमलब ४५ अंकले, उत्पादन ८ दशमलब १२ अंक, अन्य २ दशमलब ४२ अंक र विकास बैंक १ दशमलब ७१ अंकले बढेको छ ।
यधपी, होटल समूहको परिसूचक २५ दशमलब ९३, बाणिज्य बैंक २ दशमलब १३ अंक र बित्त १ दशमलब ८५ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ८३० कारोबारबाट ४५ करोड ८६ लाख ९५ हजार ९१७ रुपैयाँ बराबरका १५ लाख ४४ हजार २५७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।