काठमाडौँ: जारी युइएफए च्याम्पियन्स लिगको गयराती भएको खेलमा रियल मद्रिड, युभेन्ट्स, बायर्नमुनिक, म्याचेस्टर युनाइटेड र लियोनले म्याचेस्टर सिटिमाथि जित हात पारेको छ ।
ग्रुप ‘इ’ को समुहबाट अजेक्सले एक एथेन्समाथि ३-० गोल, बायर्नम्युनिकले बेनिफिकामाथि २-० गोलको जित हात पारेको हो भने समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा शख्तर र होफेनहेमबीचको खेल २-२ को बराबरीमा सकिएको छ भने सोहि समुहमा रहेको म्याञ्चेटर सिटिभने लियोनसंग २-१ गोलले स्तब्ध बन्यो।
यस्तै समूह ‘जि’को अर्को खेलमा डिफ़ेण्डिङ च्याम्पियन रेलियल मड्रिडले रोमालाई ३-० गोलले हरायो भने भिक्टोरिया जेन र सीएसके मस्कोबीच २-२ को बराबरी रह्यो।
यस्तै, अर्को ‘एच’ को खेलमा योङ्ग बोयजमाथि म्याञ्चस्टर युनाइटेडले ३-० गोल अन्तरले जित निकाल्दा भ्यालेन्सिया युभेन्ट्ससँग २-० गोलले पराजित हुन पुग्यो।