काठमाडौँ:
नेपालको पश्चिम क्षेत्रबाट मनसुन (बर्खायाम ल्याएको मौसम प्रणाली) हटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरैजसो स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका पनि थोरै स्थानबाट आजदेखि मनसुन हटेको हो।
महाशाखाले आज (असोज २० गते) जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : आज मिति २०८१ असोज २० (अक्टोबर ६) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको छ।
मनसुनी वायु कमजोर हुँदै गएको र केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम महाशाखाले जानकारी दिएको छ।
