काठमाडौं : ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ ।
यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ भने जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको कम्पनीले जनाएको छ ।
यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गर्नेछाँै । कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’
बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ । हामी कोकोकोलाले सम्बन्धहरु बनाउन यी लेबलहरुले अझ सहयोगीको काम गर्ने छन भन्ने कुरामा अत्याधिक खुसी भएका छौ ।’