काठमाडौँ:
पाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ पुरुष एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा टोली घोषणा गरेको छ।
यूएईमा आगामी नोभेम्बर २९ देखि आयोजना हुने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो, जसको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्।
टोलीमा अर्जुन कुमाल उपकप्तान तोकिएका छन्। टोलीको अन्य सदस्यहरुमा आकाश त्रिपाठी, उत्तम थापामगर, मयन यादव, नरेन साउद, यूनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अविशेख तिवारी, दिलसाद अली र रन्जित कुमार रहेका छन्।
५०ओभरमा हुने खेलमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानको सामना गर्नेछ।
