काठमाडौँ: नेपाल र चीनबीच बीआराई सहायता बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेका पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन्।
उनले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताए।
उनकाअनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल, नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ।
चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट विस२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिब २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिए।ठमाडौँ । बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।
बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् ।
यो कार्यदलले बीआरआई फ्रेमवर्क तयार गरेको थियो ।
