काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर-१ ले शनिबार ४५ जना बृद्ध वडावासीमा देखिएको मोतिबिन्दुको निशुल्क सफल सल्यक्रिया गर्ने कार्य सम्पन्न गरेको छ।
उक्त मोतिबिन्दुको सल्यक्रिया वडाले आफ्नै प्रसाशनिक पहल र खर्चमा निशुल्क रुपमा सम्पन्न गरेको, वडाका अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।
उहाँका अनुसार शल्यक्रिया बानेश्वरस्थित म्याट्रिका आँखा उपचार केन्द्रको प्रवाधिक सहयोग र डाक्टरहरुद्वारा गरिएको हो। वडाले यसघि
मङ्सिर २२ गते संचालन गरेको आँखा तथा मोतिबिन्दु पहिचान स्वास्थ्य शिविरबाट पहिचान भएका वृद्धवृद्धाहरुको पुष ६ गते आज शनिबार शल्यक्रिया गरिएको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो।
एउटा मोतिबिन्दुको सल्यक्रिया निजी अस्पतालमा गर्नु परे कम्तिमा २५ देखि ३० हजार रुपियाँ खर्च हुने हुँदा वडाले आफ्नै पहलकदमीमा उक्त कार्य सम्पन्न गरेको हो।
वडाले मोतिबिन्दु सल्यक्रिया गर्नु पर्ने वडावासीका लागि घर घरै पुगेर निशुल्क यातायातको व्यवस्थासमेत गरेर उनीहरुलाई आँखा उपचार केन्द्रसम्म पुर्याउने र घर लिएर आउने प्रवन्धसमेत गरेको थियो।


